Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन भित्रबाटै कांग्रेससँग प्रतिस्पर्धा हुनसक्छने बताएका छन् । उनले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको बताएका हुन् ।
शुक्रबार बिहान खुमलटारमा उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको बसेको बैठकमा प्रचण्डले तालमेलको विषय मिलाउन गाह्रो भएको र ‘गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो भएको बताएका हुन् ।
सो बैठकमा प्रचण्डले कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा हुने बताउँदै उनले भने, ‘कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने हो, ‘जति हुन्छ लिने, नभए प्रष्पिर्धा गर्ने हो ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij