Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

पार्टीमा नवप्रवेशीलाई जिम्मेवारी

पार्टीमा नवप्रवेशीलाई जिम्मेवारी


  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नवप्रवेशीलाई जिम्मेवारी दिन पार्टीले कुनै कन्जुसाई नगर्ने बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले नवप्रवेशीलाई जिम्मेवारी दिन पार्टीले कुनै कन्जुसाई नगर्ने बताएका हुन् । 

    AGNI GROUP

    यस्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेमा ४३ वर्ष सक्रिय भएका नुवाकोटका माधव पाण्डे र काँग्रेसमा सक्रिय सन्जिकुमार साह माओवादी प्रवेश गरेका छन् । दुबैपक्षबाट ६ सय भन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेको माओवादीको दाबी छ ।

    स्थानीय निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नु सुखद भएको बताउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ‘केपी ओली नुवाकोट जाँनु एमालेमा ४३ वर्ष सक्रिय नेता माओवादी प्रवेश गर्नु यो बडो सुखद पक्ष भयो’ प्रचण्डले थपे,‘एमाले भन्ने कस्तो पार्टी रहेछ भन्ने यो पार्टी प्रवेशले समेत छर्लङ भयो ।’

    प्रचण्डले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरपेक्षता, व्यवस्थासँगै उत्पीडित समुदायको पक्षमा लडेको पार्टीमा प्रवेश गर्नु ठिक भएको बताए । उनले यो मुलुकको परिवर्तनको वाहक माओवादी पार्टी नै भएको  बताए ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट