Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बेसीशहर नगरपालिकाको नगरप्रमुखमा कांग्रेसबाट ६ जना आकांक्षी

बेसीशहर नगरपालिकाको नगरप्रमुखमा कांग्रेसबाट ६ जना आकांक्षी

  • लमजुङ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदार सिफारिसका लागि पार्टीभित्र आन्तरिक छलफललाई तीव्र बनाएको छ। लमजुङको बेंसीशहर नगरपालिका प्रमुख उम्मेदारका लागि नेपाली कांग्रेसका ६ जनाले दाबी गरेका छन्। स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदार छनौटमा लागेको नेपाली कांग्रेसले स्थानीय तहबाट उम्मेदार सिफारिस गर्ने क्रममा कार्यकर्ता भेला गरी आकांक्षीहरुको आवदेन संकलन गरेको हो । सो क्रममा बेंसीशहर नगरपालिका प्रमुखका लागि पार्टीको जिल्ला पदाधिकारीसहितका ६ जनाले आवेदन दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    नगरप्रमुखमा नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख एवं निवर्तमान जिल्ला सचिव हरि बराल, जिल्ला उपसभापति श्रीकान्त घिमिरे, जिल्ला सचिव कृष्णबहादुर अधिकारी रहेका छन्। त्यसै गरी, नगरप्रमुखको उम्मेदार आकांक्षीहरुमा महाधिवेशन प्रतिनिधिहरु जीवनकुमार श्रेष्ठ र वृषराज गुरुङ र बेसीशहर–११ की सुप्रिया जोशीले पनि कांग्रेसका तर्फबाट मेयरमा उम्मेदार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस बेंसीशहर नगर सभापति शरणहरि जोशीले बताए। नगरस्तरीय भेलामा प्रमुखसहित उपप्रमुख उम्मेदारीका लागि भने पाँच जनाले आकांक्षा राखेका छन्।

    AGNI GROUP

    उपप्रमुख आकांक्षा राख्नेहरुमा नेपाली कांग्रेस महासमिति सदस्य टीका बस्याल, जिल्ला कार्यसमिति सदस्य सरस्वती धिताल, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष तिरकाशी गुरुङ, नेपाल शिक्षक संघ गण्डकी प्रदेश प्रतिनिधि विष्णुमाया भण्डारी, नेका गण्डकी प्रदेश प्रतिनिधि सुस्मिता अधिकारी लगायतले आकांक्षा व्यक्त गरेका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट