Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

गठबन्धनको टुंगो भोलिसम्म लाग्छ : प्रचण्ड

गठबन्धनको टुंगो भोलिसम्म लाग्छ : प्रचण्ड

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धन कसरी गर्ने भन्ने विषयमा भोलिसम्ममा टंगो लाग्ने बताएका छन् । शनिबार गृहजिल्ला चितवन पुगेको प्रचण्डले पत्रकारहरुसँग यस्तो बताएको हो । 

    onlinepatrika
    Arghakhachi

    प्रचण्ड भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ।’ निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। भरतपुर महानगरको मेयरका विषयमा पनि छलफल भइरहेको प्रचण्डले जानकारी दिए। 

    AGNI GROUP

    उनले भरतपुरको मेयरको विषयमा पनि केही समस्या नहुने र सबै आरामले टुंगिने बताए । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट