Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । संघीय व्यवस्था भएपछि भएको नेपालको स्थानीय तहको दोस्रो निर्वाचन नजिकै गर्दा दलहरु अहिले आफ्नो पार्टीको उम्मेदवार छान्न व्यस्त छन् । यो निर्वाचनमा दलहरुबीच तालमेल र उम्मेदवारहरु छनौटको सरगर्मी छ ।
स्थानीय तहको यो निर्वाचनमा मुख्यगरी सबैदलहरुले एक अर्कासँग तालमेल गरेर चुनाव लड्ने भएको छ । यो निर्वाचनमा २ वटा मुख्य गठबन्धन रहेन देखिएको छ । एउटा पाँच दलीय सत्ता गठबन्धन र अर्को ९ दलीय एमालेसँगको गठबन्धन ।
यो निर्वाचनको लागि आयोगले तालिका पनि सार्वजनिक गरिसकेको छ । आयोगले सार्वजनिक गरेको तालिका अनुसार, आगामी आइतबार र सोमबार (११ र १२ बैशाखमा) उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गर्ने दिन तोकिएको छ।
स्थानीय तह निर्वाचनमा दलको उम्मेदवारको हैसियतले वा स्वतन्त्र रुपमा नेपाली नागरिकले उम्मेदवारी दिन पाउँछन् । तर जो कोहीले भने उम्मेदवारी दिन पाउँदैनन् । त्यसका लागि संविधान र निर्वाचन सम्बन्धी ऐनमा भएको मापदण्ड पूरा गरेको हुनुपर्छ ।
संविधानको धारा २१५ (५) र २१६ (५) मा स्थानीय तहको अध्यक्ष र प्रमुख, उपाध्यक्ष र उपप्रमुख, वडाध्यक्ष र सदस्य हुन चारवटा शर्तहरु तोकिएको छ ।
संविधानमा भएको यही व्यवस्थालाई स्थानीय तह निर्वाचन ऐन २०७३ मा पनि समावेश गरिएको छ । उम्मेदवारका आकांक्षीहरु मापदण्ड अनुसारको नभए निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । उक्त ऐनमा संविधानमा तोकेको शर्त बाहेक अरु थप ११ वटा मापदण्ड तोकिएको छ ।
यी बाहेक अरु कुनैपनि आरोपमा ५ वर्ष कैद सजाय तोकिएको भए कैदमुक्त भएको ६ वर्ष पूरा हुनुपर्ने भनी आठौं शर्त तोकिएको छ। कुनै व्यक्ति कालोसूचीमा रहेको भए त्यो अवधिभर उम्मेदवार हुन पाउँदैन। कैदमा बसेको व्यक्ति पनि उम्मेदवार बन्न मिल्दैन ।मानसिक सन्तुलन नभएको र प्रचलित कानूनले अयोग्य भएको व्यक्ति समेत उम्मेदवार हुन नपाउने भनी ऐनमा तोकिएको छ। साथै स्थानीय तहबाट पेस्की, बेरुजु बाँकी रहेको व्यक्ति पनि उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
स्थानीय तहको कुनै पदमा उम्मेदवार हुने व्यक्तिले यी सबै मापदण्डको पालना गरेको छ कि छैन भनी निर्वाचन अधिकृतले तत्काल हेर्न सक्दैनन् । त्यसका लागि मनोनयन पत्रका साथमा आफू कानून अनुसार उम्मेदवार बन्न योग्य रहेको भनी उम्मेदवारी दिने व्यक्तिले घोषणा गर्नुपर्नेछ । प्रश्न उठेर छानबिन भएमा र उम्मेदवार अयोग्य ठहरेमा निर्वाचन अधिकृतले उम्मेदवारी रद्द गर्ने व्यवस्था छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij