Jun 18 2026 | २०८३, असार ४ गते
काठकाडौं । मंगलबार ११ बजे बस्ने तय भएको गठबन्धन बैठक कांग्रेसको कारण सरेको छ । महानगर र उपमहानगरमा सिट बाँडफाँट मिलाउन साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक कांग्रेसले समय मागेपछि २ बजेको लागि सरेको छ ।
गठबन्धन दलका नेताहरुका अनुसार नेपाली कांंग्रेसले समय मागेकाले साढे ११ बजेका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो। गठबन्धन दलबीच मोटामोटी भागबण्डाको विषय टुंगिएको छ । तर, पोखरा महानगरमा कांग्रेस र समाजवादीबीच सहमति नहुँदा समस्या पैदा भएको छ ।
सोमबार २ पटक बसेको गठबन्धन बैठकमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दाबी नछोडेपछि सहमति हुन सकेको थिएन। यसैबीच नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले कांग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन्।
देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौं बोलाएका हुन्। बराल नेतृत्वको टोली काठमाडौं आइ पुग्दै छ। उनीहरुसँग छलफल गरेपछि गठबन्धनमा छलफल गरेर सहमति जुटाउने प्रयास भएको देउवा निकट स्रोतले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij