Jun 18 2026 | २०८३, असार ४ गते
ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयरको टिकेट दिने भनेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले लोसपा छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन्।
ओलीले आज बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन्। ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका छन्।
साह जनकपुरधामको मेयर उठ्ने तयारीमा छन्। उनले केही समयअघि उपमहानगरका ५ ठाउँमा सम्पर्क कार्यालय नै खोलेका थिए। उनले मेयर उठ्ने घोषणा गरिसकेका छन्।
यसअघि जनकपुरधाम उपमहानगरमा एमालेले मेयरका लागि शिवशंकर साहको नाम सिफारिस गरेको थियो। तर उनलाई पछि हटाएर जानकीरामलाई मेयरको टिकट दिने तयारीमा एमाले रहेको स्रोतको दाबी छ।
जानकीराम लोसपाबाट मेयरको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेका छन्। उनी लोसपामा शरतसिंह भण्डारीनिकट थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij