Jun 18 2026 | २०८३, असार ४ गते
गठबन्धन बैठक सुरु, महानगर र उपमहानगरको भागबण्डा आजै टुंग्याउने
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको भागबन्डाका विषयमा छलफल गर्न बैठक बसेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महानगर र उपमहानगरको भागबन्डा टुंग्याउने बताइएको छ। यसअघि मंगलबार बसेको बैठकले महानगरको भागबन्डा टुंग्याए पनि उपमहानगरको विषय टुंगो लगाउन सकेको छैन । बैठकमा गठबन्धनका सबै दलका शीर्ष नेताहरु सहभागी छन् ।
आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका पाँचदलीय गठबन्धनबीच कहाँ कसरी तालमेल गर्ने भन्ने विषय अझै टुंगिनसक्दा त्यसलाई अन्तिम रुप दिन शीर्षस्थ नेताहरु बैठकमा बसेका हुन् ।
यसअघि गठबन्धनका दलहरुबीच इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगर कांग्रेसले लिने सहमति बनिसकेको एक नेताले बताए। त्यसैगरी हेटौंडा एकीकृत समाजवादीको भागमा परेको छ भने घोराही र जितपुर सिमरा माओवादी केन्द्रको भागमा रहेको छ।
जनकपुरमा विवाद कायमै रहँदा नेपालगञ्जमा पनि सहमति हुन सकेको छैन। नेपालगञ्ज पनि कांग्रेसको भागमा भनिएपनि जसपाको दाबी कायमै रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij