Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौ : मन्त्री मोक्तान

जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौ : मन्त्री मोक्तान

  • हेटौडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताको आवश्यक्ता र माग अनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने बताएकी छन् । राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा हेटौंडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक कार्यक्रमको उद्घाटन गरेपछि उनले सामाजिक विकास मन्त्रालय सबै बर्ग र क्षेत्रको समस्या समाधान गर्न गम्भीर रहेको बताइन् ।

    onlinepatrika
    Arghakhachi

    चालुआवको बजेट तथा कार्यक्रमहरु छिटो र प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै मन्त्री मोक्तानले विगतका प्रभावकारी कार्यक्रम र नयाँ बजेटका लागि सुझावपनि माग  गर्नुभयो । अपाङ्गता भएकाहरुको क्षमता अभिबृद्धीमुलक कार्यक्रम मात्र नभई दक्ष जनशक्ति उत्पादनमुलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिदै मन्त्री मोक्तानले अपाङ्गता भएकाहरुले छिटो र सहज रुपमा सूचना लिन पाउने ब्यवस्था गर्न आफुले पहल गर्नेमा जोड दिइन् ।

    AGNI GROUP

    पछाडी पारिएका समुदायको हकअधिकार बृद्धी गर्न ऐन, कानून बनाउँदा सम्बन्धित सरोकारवालाको सहभागिता र सुझावलाई उच्च प्राथमिकता दिएको उनले जिकिर गरिन् । ‘प्रकृया अगाडी बढाउँदै जाँदा कहीनकही संविधानले दिएको हकलाई पूर्णता दिन सक्दैन, कतै छुट्ला कि भनेर उहाँहरुलाई मस्यौदा बनाउँन दिएको हो,’ उनले भनिन्, ‘बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले असाध्यै महत्वपूर्ण स्थान दिएको छ, महिला, बालबालिका, अपाङ्गता सम्बन्धी नीति, कानून निर्माण गर्दा सम्बन्धित क्षेत्रका गैरसरकारी संघसंस्थालाई मस्यौदा बनाउँन दिएका थियौ ।’

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी, एकीकृत समाजवादीकी प्रदेश सांसद मुनु सिग्देल, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयकी कानून अधिकृत उषा गौतम, हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रिय बहिरा महासंघ बागमती प्रदेशका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सन्तोष केसीले प्रस्तुतिकरण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij