Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । सुनसरीको धरान उपमहानगरमा सत्ता गठबन्धनले वडाहरूको उम्मेदवारी कसले पाउने भन्ने विषय टुंगो लगाएका छन्। धरानमा मेयरसहित नेपाली कांग्रेसले १३ वडा, माओवादी केन्द्रले उपमेयर सहित ४ वटा वडा, जनता समाजवादी पार्टीले २ वडा र नेकपा समाजवादीले १ वटा वडामा सहमति भएको छ।
दलहरूको सहमति अनुसार नेपाली कांग्रेसले प्रमुखसहित १३ वडामा वडाध्यक्षको उम्मेदवारी पाउने भएको छ। धरानको १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ नम्बर वडामा कांग्रेसले अध्यक्ष पाउने भएको हो।
यस्तै नेकपा मओवादी केन्द्रले उपप्रमुखसहित ४ वटा वडामा उम्मेदवारी दिने सहमति भएको छ। ३, १५, १७ र २० नम्बरको अध्यक्ष उसले पाउने भएको हो। जनता समाजवादी पार्टीले २ वटा वडा १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउनेगरि सहमति भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij