Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

उम्मेदवार छनाेटमा एमालेलाई निरन्तर दबाव दिँदै परिवार दल 

उम्मेदवार छनाेटमा एमालेलाई निरन्तर दबाव दिँदै परिवार दल 

  • काठमाडाै‌ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलबीच भेटवार्ता भएको छ। बुधबार एमाले कार्यालयमा भएको भेटपछि परिवार दलका महामन्त्री सन्तोष पौडेलले जहाँ परिवार दल बलियो छ, त्यहाँ परिवार दललाई उम्मेदवार दिन एमालेलाई आग्रह गरेका छन् । एमालेले परिवार दलबीच भएको छलफल पछि  ३ वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई बुधबार महासचिव शंकर पोखरेलले पठाएको पत्रमा राप्रपा नेपाल, नेपाल परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन दिइएको छ। एमालेले गत चैत ३० ती दलसँग चुनाबी तालमेल गरेको थियो । यस्तै चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि सहकार्य गर्न एमालेले भनेको छ। 

    AGNI GROUP

    उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गरेका हुन। एमाले महासचिब शंकर पोखरेलले परिवार दलको स्थानीय निकायमा सम्मानजनक उपस्थीति रहनेमा ढुक्क हुन आग्रह गरे।   

    पार्टीको प्रभाव र अवस्था हेरेर आ–आफ्नो कार्यक्षेत्रमा आवश्यक अनुसार सहमति कार्यान्वयन गर्न एमालेले आग्रह गरेको भेटपछि परिवार दलका सह।महामन्त्री मनोज कुमार सुर्खेतिले बताए। पूर्वपश्चिम राजमार्गसँग जोडिएका तराइका जिल्लामा परिवार दलको संगठन बलियो रहेको बताईन्छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनाबी तालमेल बारेमा बिभिन्न जिल्लामा छलफल भए पनि कुन स्थानीय तहमा परिवार दल उम्मेदवार बन्ने भन्ने बारेमा टुङो लाग्न सकेको छैन।
     
    जिल्ला तहको भेटमा २ पार्टीबीच चुनावी गठबन्धन बलियो बनाउने सहमति भएको छ भने परिवार दलले स्थानीय निकायमा प्रतिनिधित्व गराउने एमाले जिल्ला स्तरिय नेताहरु सहमत भएका छन्। भेटमा एमाले महासचिव शंकर पोखरेलपरिवार दलको तर्फबाट महामन्त्री सन्तोष पौडेल सहमहामन्त्री मनोज कुमार सुर्खेती केन्द्रीय सदस्य लक्ष्मी प्रसाद भण्डारी लगायतको नेताको उपस्थती रहेको थियो।

    नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक बार्ता भएको थियो भने बमङलबार भएको भेटवार्ता पछि तालमेल गर्ने सहमति जुटेको हो। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल सहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक बार्तापछि एमाले र परिवार दलबीच तालमेल गर्ने सहमति जुटेको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij