Jun 18 2026 | २०८३, असार ४ गते
मनिला। फिलिपिन्सका एक ११ वर्षीय किशोर २० घन्टौँसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन्। पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती किशोर तत्काल फ्रिजभित्र पसेका थिए। न्यूयोर्क पोस्टका अनुसार आँधीबाट बच्न उनी २० घन्टा फ्रिजभित्र बिताएका थिए।
नदीको किनारमा रेफ्रिजरेटर देखेपछि उद्धार टोलीले किशोरलाई तत्काल उद्दार गरेको थियो।बाढीमा किशोरकी आमा र दुई दाजुभाई अझै बेपत्ता छन्। मेगी आँधीपछि आएको अबिरल वर्षापछिको बाढीका कारण लेयते प्रान्तमा दर्जनौँको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij