Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

ललितपुरको गोदावरीनगरमा नेकपा एसको ४ जना उपमेयरमा सिफारिस 

ललितपुरको गोदावरीनगरमा नेकपा एसको ४ जना उपमेयरमा सिफारिस 

  • ललितपुर । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट ४ जनाको नाम उममेयरमा सिफारिस भएको छ। नेकपा एकीकृत समाजवादी गोदावरी नगर कमिटीको बैठकले ४ जना उपमेयर को सिफारिस गरेको हो।
      
    उपमेयरमा सफिारिस हुनेमा राजन महर्जन, रविन सिलवाल, दिपक घिमिरे र अन्जल महत रहेका छन् । ठेचो १२ का महर्जन लामो समय देखी विद्यार्थी राजनीतिबाट आफ्नो जग बसालेको अनेरास्ववियु ललितपुरको पुर्व उपाध्यक्ष तथा ललितपुर जिल्ला सचिवालय सदस्य एवं नेकपा एकिकृत समाजवादी गोदावरी नगरक कमिटी पार्टी सचिव समेत हुन् । 

    onlinepatrika
    Arghakhachi

    सिलवाल गोदावरी–३ को नेकपा एकिकृत समाजवादी पार्टी उपाध्यक्ष हुन् । चापागाउँका घिमिरे जनता र पार्टीको साथ सहयोगले जनताको सेवाको लागि  उपमेयरमा सिफारिस भएको बताए ।

    AGNI GROUP


    ठैबका महत जिल्ला कार्यालय सचिव पुर्व विद्यार्थी नेता अनेरास्ववियु लामो समय देखी योगदान गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij