Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

देउवाले गोजीबाट विराटनगरको मेयर सिफारिस गरेपछि कांग्रेस बालुवाटार बैठक निष्कर्षविहीन

देउवाले गोजीबाट विराटनगरको मेयर सिफारिस गरेपछि कांग्रेस बालुवाटार बैठक निष्कर्षविहीन

  • काठमाडौं । शनिवार अबेरसम्म बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन रुपमा टुंगिएको छ । आइतबार आज नमोनयन दर्ता गर्नुपर्ने समय भएपनि आइतबारसम्म उम्मेदवारको टुंग्गो लागेको छैन । 

    onlinepatrika
    Arghakhachi

    कांग्रेसले ६ वटा महानगर र ११ वटा उपमहानगरमा सत्ता गठबन्धनबाट आफूले पाएको उम्मेदवारको नाम टुंग्याउन शनिबार बसेको शीर्ष नेताहरुको बैठक विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि निष्कर्षविहीन भएको हो । मेयर उम्मेदवार टुंगो लगाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर टुंगोमा पुग्न नसकेपछि आइतबार बिहान फेरि यो विषयमा छलफललाई जारी राख्ने भन्दै नेताहरुले बालुवाटारको बैठक स्थगित गरे।

    AGNI GROUP

    कांग्रेस उच्च स्रोतका अनुसार बैठकमा सभापति देउवाले गोजीबाट एउटा चिट निकाले र आफू निकटको मान्छेको नाम प्रस्ताव गरे । उक्त नाममा कसैले सहमति जनाएन बरु यो गलत हो  भने । देउवाले लिएको मान्छेको नाम खासै चर्चामा नरहेको र जनतामा पनि परिचित नभएको भन्दै सबैले असहमति राखेपछि देउवा रिसाएर हिडे । बैठक स्थगित भयो । 

    विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्‍याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेश कोइरालालाई टिकट दिने भन्नेमा कांग्रेसभित्र मुख्य विवाद छ । यहि विवादको बीचमा देउवाले आफू निकटको मान्छेको नाम प्रस्ताव गरेपछि सबै जना देउवाप्रति आक्रोसित भएका थिए । 

    बैठकमा शेखरसहित नेता विमलेन्द्र निधि लगायतले काठमाडौंको जस्तै अवस्था विराटनगरमा पनि रहेको भन्दै शेखर कोइरालाले प्रस्ताव गरेको नागेशलाई मेयरको टिकट दिनुपर्ने बताएका थिए। तर, यसमा कृष्ण सिटौलाले असहमति जनाउँदै पराजुलीलाई नै मेयरमा दोहोर्‍याउनेपर्ने अडान राखेका थिए।

    काठमाडौंको जिल्ला सभापति र महानगर सभापति प्रकाशमान सिंह निकट भएकाले काठमाडौंमा प्रकाशमानले भनेको व्यक्तिलाई टिकट दिने आधार बनाएको भन्दै नीधिले विराटनगरमा पनि त्यही गर्नुपर्ने बताएका थिए । काठमाडौंको जस्तै अवस्था मोरङमा पनि छ । जिल्ला सभापति र महानगर सभापति दुवै शेखर कोइरालाले प्रस्ताव गरेको क्यान्डिडेडको पक्षमा छन् ।

    कोइराला र निधिले जिल्ला सभापति र नगर सभापति काठमाडौंमा हुँदा प्रकाशमानको माग सम्बोधन हुने तर मोरङमा नेता शेखर कोइराला पक्षको जिल्ला सभापति र नगर सभापति हुँदा कोइरालाको बोली किन सम्बोधन नहुने भन्ने विषय बैठकमा राखेका थिए।

    यसैगरी भरतपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार महानगर सभापति चित्रसेन अधिकारीलाई बनाउन सभापति देउवाले चाहेका छन्। तर रामचन्द्र पौडेल भने सूर्यकान्त घिमिरेलाई टिकट दिनुपर्ने पक्षमा छन्।

    पोखराको उपमेयरमा पनि नेताहरु एकमत हुन सकेनन्। रामचन्द्र पौडेल र शेखर कोइराला कोपिला रानाभाटको पक्षमा छन् तर देउवा सुरेन्द्र विजुक्छेको पक्षमा छन्। विजेक्छे नेपाली कांग्रेस पोखराको नगर सभापति हुन्।

    ललितपुरमा पनि चिरीबाबु महर्जनलाई नै दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा कांग्रेसभित्र बहस भइरहेको छ। ललितपुरमा पनि चिरीबाबु महर्जनलाई नै मेयरमा दोहोर्‍याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा कांग्रेसभित्र बहस भइरहेको छ । पार्टी सभापति देउवाले महर्जनलाई दोहोर्‍याउने चाहेका छन् । तर उनी स्थानीयमाझ लोकप्रिय नभएको भन्ने गुनासो पार्टीभित्र छ ।

    आइतबार उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यक्रम छ। त्यसैले आन्तरिक विवाद मिलाएर उम्मेदवार छिटो टुंगो लगाउनुपर्ने दबावमा नेपाली कांग्रेस परेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij