Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

गठबन्धनको अधिकांश उम्मेदवार भोलि मात्र

गठबन्धनको अधिकांश उम्मेदवार भोलि मात्र

  • काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारी दर्ता भोलि मात्रै गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    केही ठाउँ बाहेकमा साझा उम्मेदवार तय भइनसकेकाले भोलि मात्रै उम्मेदवारी दर्ता हुने गठबन्धनको नेताहरुले बताएका छन्। आज अबेरसम्म गठबन्धनको बैठक बसेर टुंगिएपछि अधिकांश दर्ता भोलि नै हुने जनाइएको छ । 

    AGNI GROUP

    नमिलेको ठाउँमा वार्ता गरेर टुंग्याउनुपर्ने भएकाले मिलेको ठाउँमा बोहक धेरै ठाउँमा भोलि नै उम्मेदवारी दर्ता हुने छ । आजै टुंग्याउने प्रयास हुने र आज नटुंगिएको ठाउँमा उम्मेदवारी दर्ता गरेर पनि मिलाउन प्रयास गर्ने गठबन्धनको तयारी छ ।

    सीमित जिल्लाहरुमा सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भए पनि धेरै ठाउँमा मिल्न सकेको छैन। कति जिल्लामा तालमेल हुने र कतिमा स्वस्थ प्रतिस्पर्धा हुने भन्ने कुरा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेपछि थाहा हुने नेताहरुले बताए। 

    सत्तारुढ नेपाली कांग्रेसले नै अधिकांश महानगरका मेयर–उपमेयर तथा उपमहानगरका मेयर–उपमेयरका उम्मेदवार टुंग्याउन सकेको छैन। त्यो विषयमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। कांग्रेसका नेताहरुले शनिबार राति अबेरसम्म बसेको बैठकमा उम्मेदवार टुंगो लगाउने प्रयास गरेका भए पनि कुरा मिल्न सकेको थिएन।

    त्यस्तै नमिलेको ठाउँको विवाद मिलाउन सत्ता गठबन्धनको चुनावी संयन्त्रको बैठक समेत बोलाइएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको चुनावी संयन्त्रको बैठक बिहान ९ बजे बोलाइएको छ। उक्त बैठकपछि गठबन्धनका शीर्ष नेताहरुसहितको बैठक हुने छ।

    गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि अपरान्ह ३ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ। संयन्त्रले दिएको सुझावका आधारमा शीर्ष नेताहरुले यो बैठकमा विवादित ठाउँबारे निर्णय लिने छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij