Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

काठमाडौँको मेयरमा कांग्रेसकी सिर्जना उम्मेदवार

काठमाडौँको मेयरमा कांग्रेसकी सिर्जना उम्मेदवार

  • काठमाडौं । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह प्रकाशमान सिंहकी पत्नी हुन् ।

    images
    images
    images

    काठमाडौँ क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेविसंघ, महिला संघ हुँदै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय थिइन्। सिंह महिला संघ काठमाडौँको सल्लाहकार पनि छिन्। उनलाई मेयर उठाउनुपर्ने महिला संघ र काठमाडौं नेविसंघले माग गर्दै आएका थिए।

    कांग्रेस केन्द्रीय संसदीय समितिले महानगरको मेयर र उपमेयरको टिकट दिने अधिकार सभापति शेरबहादुर देउवालाई सुम्पने आइतबार निर्णय गरेको थियो।

    उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौँ कांग्रेसका एक नेताले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij