Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

रामेछाप नगरपालिकामा माओवादी र नेकपा एसबीच तालमेल

रामेछाप नगरपालिकामा माओवादी र नेकपा एसबीच तालमेल

  • रामेछाप । रामेछाप नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएको छ। नेपाली कांग्रेसले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने अडान लिएपछि अन्तिम समयमा आएर माओवादी र एकीकृत समाजवादी पार्टीबीच तालमेल गरेर जाने सहमति जुटेको नेकपा माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोतिलाल तामाङले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    तालमेल बारे हिजोदेखी बसेको बैठक आज सहमति गरेर टुंगिएको हो। ९ वटा वडा रहेको रामेछाप नगरपालिकामा मेयर माओवादीले र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको तामाङले बताए। वडा नं. १ र ७ एकीकृत समाजवादीले पाउने बाँकी ७ वटा वडा माओवादीले पाउने सहमति जुटेको छ। रामेछाप नगरपालिकामा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएसँगै एमाले,कांग्रेस र राप्रपा एक्ला एक्लै चुनाव लड्ने भएका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij