Jun 18 2026 | २०८३, असार ४ गते
रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँमा बाम गठबन्धनको तर्फबाट अध्यक्षको साझा उमेदवार बाबुराम कार्की बनेका छन् । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको हो । अध्यक्षका उम्मेदवार कार्की राजनीतिका निष्ठाका प्रतिकका रुपमा चिनिन्छन् ।
वडाको समृद्धि, शिक्षामा आमूल परिवर्तन गरी गुणस्तरीय बनाउन, कृषिमा युवालाई अनुदानको व्यवस्था गर्न, कृषिमा आधुनिककरण गर्न, टोलटोलमा निशुल्क इन्टरनेटको व्यवस्था गर्न, सहकारी मार्फत् रोजगारीको व्यवस्था सृजना गर्न, वडाभरि कालोपत्रे गर्ने गरि योजना अगाडी सारेका छन् । गाउँमा उत्पादनलाई प्रोत्साहन गरि वस्तुको बजारीकरणमा व्यवस्थापन गर्ने योजना रहेको बताएका छन् । राजनीतिलाई पेसाबाट मुक्त गरेर सेवामुलक बनाउन प्रतिबद्ध रहेको बताएका छन्। सदस्यहरू नेकपा माओवादी केन्द्रबाट उमेदवार रहेका छन् ।
अध्यक्षका साझा उम्मेदवार राजनीतिका निष्ठाका प्रतिक बाबुराम कार्की, सदस्यहरू ठेट कुमार श्रेष्ठ, सरस्वती थापा मगर, टेक बहादुर नेपाली र कल्पना सार्की रहेका छन् । कार्की अन्य पार्टीका उम्मेदवारभन्दा इमान्दार, निष्ठावान, जनताको सेवक र गाउँमै जनताको दुःख सुखमा साथ दिएर बस्ने नेता हुन् ।
उनीसँग प्रतिस्पर्धा गर्ने अन्य पार्टीको उम्मेदवार कोही व्यापारी, कोही ठेकेदार रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij