Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

कांंग्रेस सिद्धार्थनगरका वडाध्यक्षसहित तीनले पार्टी त्यागे

कांंग्रेस सिद्धार्थनगरका वडाध्यक्षसहित तीनले पार्टी त्यागे

  • बुटवल । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन्।

    onlinepatrika
    Arghakhachi

    २०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका–७ मा वडाध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित ३ कार्यकर्ताले पार्टी त्यागेका हुन्। पार्टी परित्याग गर्नेमा कांग्रेस वडा नम्बर–७ का सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्य समेत छन्। 

    AGNI GROUP

    कांग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्कालाई राजीनामा बुझाउँदै अब पार्टीको साधारण सदस्यसमेत नरहेको उनीहरुले बताएका छन्। पार्टीमा लामो योगदान गरेपनि नेतृत्वले निर्वाचनका बेला मूल्यांकन नगरेको, पार्टी सिद्धान्तभन्दा बाहिर गएर चलेको, व्यक्तिवादी प्रवृत्ति हावी भएकोले पार्टी परित्याग गर्ने निर्णय गरिएको वडा सचिव कर्माचार्यले बताए।

    यसअघि सिद्धार्थनगर नगरपालिकामा मेयरको टिकट नपाएपछि कांग्रेस नेता मातृका यादवले पनि पार्टी छाडेका थिए। बुटवल उपमहानगरपालिका३ मा पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै १ सय ५ जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij