Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । बुधबारदेखि नेपाल टेलिकमका प्रयोगकर्ताले एक अर्कालाई फोन गर्दा चुनावी सन्देश सुन्ने भएका छन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाल टेलिकमका मोबाइल रल्यान्डलाइन फोनमा निर्वाचन आयोगले कलर रिङ ब्याक टोन (सिआरबिटी) राखेको छ।
मतदाता शिक्षा दिनको लागि कलर रिङ ब्याक टोन राखिएको आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले बताए। सबैको मोबाइलमा मेसेजहरू भोट कसरी हाल्ने सिकाउन, सहभागीता बढाउने हिसाबले यो गरिएको हो,’ उनले भने।उनकाअनुसार यसको लागि टेलिकमले निशुल्क सहयोग गरेको हो। यसअघि टेलिकमले कोरोनाभाइरसको महामारीका बेला जनचेतना फैलाउन सन्देशमूलक सिआरबिटी राखेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij