Jun 18 2026 | २०८३, असार ४ गते
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन्।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोख्रेलले पार्टीभित्र गुटगत नेताको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। २०७६ सालको उपचुनावमा नेकपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पार्टी विघटनभएसँगै नेकपा एमालेमा लागेका थिए।
नेकपा एमालेमा नै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको उनले बताएका छन्। उनले आउँदो वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिका अध्यक्षमा दाबी गर्दै आएका थिए। पार्टीले टिकट नदिएपछि रुष्ट भएका उनले पार्टी नै परित्यागको घोषणा गरेका हुन्। पोख्रेल नेकपा एमाले संखुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुन्।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij