Jun 18 2026 | २०८३, असार ४ गते
ललितपुर । आधिकारिक उम्मेदवार विरुद्ध आफ्नो उम्मेदवारी दिएका ललितपुर महानगरमा ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार साँझ निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता लिन दिएको समय सिमाभित्र रहेर उनीहरु आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालय ललितपुरले शुक्रबार अवेर सार्वजनिक गरेका वितरण अनुसार वडा नं. २१ बाट उम्मेदवारी दिने अष्टेन्द्र कुमार महर्जन, ,२७ का बाबुराजा महर्जन, वडा नं. ८ का कैशाल महर्जन, वडा नं. १९ बाट ज्ञानेन्द्र बज्राचार्य,२५ का शशी कुमार कार्की,२३ का राम शरण दाहाल,२३ कै रामशरण कठायत,वडा नं. १४ बाट जीम बहादुर लिम्बु, वडा नं. १४ कै योगेन्द्र लिम्बु बनेम, कविराज मालीवडा नं. १३ का हरि कुमार खत्री,वडा नं.१६ का उषा बज्राचार्य,वडा नंं. ७ बाट मोहन महर्जन, वडा नं.३ का १२ का श्रीकृष्ण थापा नवीन कुमार कपाली, १५ का मदन महत, १९ की विद्यालक्ष्मी शाक्य,१४ का मिलन राई, १६ का नबीन महर्जनलगायतले उम्मेदवारी फिर्ता लिएका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij