Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

कार्यदल गठन गरेर भ्रष्टाचार नियन्त्रण गर्छु : वडाध्यक्षको उम्मेदवार लामा (पूर्णपाठ)

कार्यदल गठन गरेर भ्रष्टाचार नियन्त्रण गर्छु : वडाध्यक्षको उम्मेदवार लामा (पूर्णपाठ)

  • रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खाँडादेवी गाउापालिका वडा नम्बर २ को वडाध्यक्षको उम्मेदवार ज्ञान बहादुर लामाले आफ्नो घोषणा–पत्र सार्वजनिक गरेका छन् । लामाले वडामा आफूले गर्नुपर्ने कामहरुको १८ बुँदे घोषणा–पत्र जारी गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    उनले वडामा सुशासन कायम गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले घोषणा–पत्रमा लेखेका छन्,‘ यस वडाभित्र संचालन हुने प्रत्येक योजना तथा सेवा प्रवाहमा हुने भ्रष्टाचार नियन्त्रण गर्नको लागि ‘भ्रष्टाचार नियन्त्रण कार्यदल गठन’ गरि परिचालन गर्ने गराउने छु।

    AGNI GROUP

    घोषना–पत्र

    १.यस वडा भित्र रहेको विद्यालयहरुमा आधुनिक,समय सापेक्षित गुणस्तरीय शिक्षाको विस्तार तथा प्रवर्द्धन गर्ने कार्य गर्नेछु साथै प्रेत्यक बालबालिकाले निजि विद्यालयबाट पाउने सेवा सुविधा यसै वडा भित्रको सामुदायिक विद्यालयबाट पाउनको लागि आवस्यक शिक्षक तथा प्रशिक्षकको ब्यवस्थापन गर्नेछु।

    २.सामुदायिक विद्यालयलाई ब्यवस्थित गर्न र समुदायको भर्नादर बढाउनको लागि सर्वप्रथम स्वयं आफू र परिवारबाट शुरु गर्ने छु।

    ३. यस २ नं. वडा भित्र सम्पुर्ण सर्वसाधारण जनताको पहुँच हुने गरि स्वस्थ्य संस्थाको विस्तार तथा प्रवर्द्धन गर्नेछु ।

    ४.यस वडाभित्र स्वच्छ, सफा र व्यवस्थित  खानेपानी प्रत्येक नागरिकको पहुँचमा पुर्याउने छु।

    ५. यस वडाभित्र रहेको कृषियोग्य जमिन हरुलाई सदावाहर खेतियोग्य बनाउनको लागि सम्बन्धित ठाँउको किसानसंग छलफल गरि आवश्यकता अनुसारको भौतिक संरचना,अनुदान,कृषि प्राबिधिकको व्यवस्थापन हुनेछ।

    ६.वडा भित्ररहेको सम्पुर्ण वस्तीहरुमा यातायातको पहुँच पुर्याउनको लागि अधुरा तथा नयाँ सडक विस्तारको साथै भैरहेको सडकलाई निरन्तर चालू गर्नको लागि स्तरोन्नतिको कार्य गर्नेछु।

    ७.वडा कार्यालयमा हुने प्रेत्यक क्रियाकलाप तथा गतिविधिहरुको सूचना जनता समक्ष पुर्याउनको लागि कम्तिमा ४ स्थानमा डिजिटल सुचाना पाटिको स्थापना गरेर सुचना प्रवाह गर्नेछु।

    ८.यस वडाभित्र रहेको व्यावसायिक कृषि तथा पशुजन्य फर्मलाई प्रोत्साहन तथा निष्कृय फर्म, संस्थालाई पुनर्जागृत गर्ने गराउनेछु।

    ९.वडा कार्यलयबाट प्रवाह हुने सेवाको लागि लाग्ने समय,दस्तुर जस्तो कुराहरू नागरिक बडापत्र बनाई सोही अनुरुप गर्ने गराउने छु।

    १०.वडा भित्रको योजना तथा कार्यक्रम बनाउने समयमा यस वडा भित्रको प्रत्यक वस्तीबाट नागरिकहरुको प्रत्यक्ष उपस्थित गराएर बस्तिस्तरको माग अनुसार निति,योजना तथा कार्यक्रम निर्मन गर्ने छु।

    ११.यस वडालाई आर्थिक तथा पर्यटन विकासको लागि वडा भित्र जिर्न अबस्थामा रहेको पुरातात्त्विक महत्व बोकेको मठमन्दिर,गुम्बा तथा पाटिपौवाको तत्कालै पुनः निर्माण गर्नुको साथै नयाँ सम्भावित स्थानहरुमा निर्मान गर्नेछु।

    १२.वर्षको १ पटक यस वडा भरीको नगरिकहरुको सजिलै पहुँच पुग्ने स्थानहरुमा निःशुल्क बृहत स्वस्थ्य सिविर सञ्चालन गर्नेछु।

    १३.यस वडाभित्रको वृद्धवृद्दा तथा असहाय अशक्त व्यक्तिहरुको घरैमा गएर त्रैमासिक रुपमा स्वस्थ्य परिक्षण गराउने ब्यबस्था गर्नेछु।

    १४.यस वडा भित्रको सबै स्थानहरुमा विधुत तथा ईन्टरनेटको पहुँच विस्तार गर्नेछु।

    १५.यस वडाबाट संचालन तथा प्रवाह हुने प्रत्येक योजना तथा सेवाहरुको कम्तिमा वर्षको २ पटक प्रत्येक वस्तिको नगरिकहरु,विभिन्न रजनितिक दलहरु,संघ संस्थाहरुको प्रतिनिधिहरु,शिक्षक तथा वुद्दिजिवीहरु, पत्रकारहरुको उपस्तिथिमा सार्वजनिक सुनुवाइ तथा सार्वजनिक लेखापरीक्षण गर्नेछु।

    १६.यस वडा कार्यालयबाट प्रवाह हुने वा भएको सम्पुर्ण सेवा तथा अन्य गतिविधिहरुको प्रत्येक चौमासिक भित्र समिक्षा गर्नेछु।

    १७. यस वडाभित्र संचालन हुने प्रत्येक योजना तथा सेवा प्रवाहमा हुने भ्रष्टाचार नियन्त्रण गर्नको लागि भ्रष्टाचार नियन्त्रण कार्यदल गठन गरि परिचालन गर्ने गराउने छु।

    १८.यस वडामा योजना बैंक संचालन गरि जुनसुकै समयमा गएर योजना बैंकमा योजना दर्ता गर्न सक्ने व्यवस्था गर्ने गराउनेछु।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij