Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली कांग्रेसकै एक समूहले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ।
जिल्लाका सातवटै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको नेपाली कांग्रेस डडेलधुराका असन्तुष्ट नेता कार्यकर्ताहरूको नेतृत्व नेपाली कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले गरेका छन्। पछिल्लो एक दशक नेपाली कांग्रेस डडेलधुराको नेतृत्व गरेका मल्ल डडेलधुराको जिल्ला राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन्।
२०४७ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय मल्ललाई हाल नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij