Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ८ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन्।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार अपराह्न ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
प्रवक्ता पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको सङ्ख्या करिब ८ हजार छ। एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन्। त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ। आज चुनाव चिन्ह प्रदान हुन्छ।’ शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij