Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

वडाको सेवा घरमै दिने वडाध्यक्षको उम्मेदवार सुनुवारको यस्तो छ प्रतिवद्धता (पूर्णपाठ)

वडाको सेवा घरमै दिने वडाध्यक्षको उम्मेदवार सुनुवारको यस्तो छ प्रतिवद्धता (पूर्णपाठ)

  • रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर–४ को नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट अध्यक्षको उम्मेदवार जनकराज सुनुवारले आफूलाई वडावासी निर्वाचित गरे वडा कार्यालयबाट पाइने सेवा सुविधा घर–घरमा गएर दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्ने आफूले वडाध्यक्षमा निर्वाचित भएपछि आफ्नो वडावासीलाई घर–घरमा गएर सेवा दिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    अध्यक्षको उम्मेदवार सुनुवारले हिमगंगामा घर भई काठमाडौं केन्द्रीत वसोवास गर्ने नागरिकलाई प्रत्येक महिना २ दिन काठमाडौंमा आएर सेवा दिने प्रतिवद्धता व्यक्त गरेका छन् । सत्ता सञ्चालनमा पाँच वर्ष रामेछाप नगर कार्यापालिका सदस्यको भूमिका निर्वाह गरिसकेका सुनुवारले आफ्नो विभिन्न प्रतिवद्धता सार्वजनिक गरेका छन् । 

    AGNI GROUP

    उनले वडामा प्रत्येक ३–३ महिना घरदैलो स्वास्थ्य सेवा सञ्चाल गर्ने, वडामा रहेको कृषि योग्य जमिनलाई संरक्षण र प्रवर्द्धन गरी खाद्यान्नमा बढी रहेको आयतलाई कम गर्दै निर्यात बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसका लागि कृषि संकल केन्द्र खोलेर कृषकले उत्पादन गरेको आद्यान्न वडा कार्यालयले विक्री गर्ने बताए । 

    शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउँदै लैजान र सामाजिक विद्यालयहरुलाई गुणस्तरीयता बढाउन १० कक्षासम्मका विद्यार्थीलाई खाजाको व्यवस्था तथा शैक्षिक सामाग्री समेत व्यवस्था गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । उनले शिक्षकको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तथा गोष्ठीहरु संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    प्रतिवद्धताहरु


    १. अघिल्लो पाँच वर्षमा सुरु भएको तर, पुरा नभएको योजनालाई पूर्णता दिने,
    २. प्रत्येक ३–३ महिनामा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम गर्ने
    ३.वडा कार्यालयबाट हुने सेवा घर–घरमा आएर दिने,
    ४. हिमगंगामा घर भई काठमाडौंमा बसाेवास गर्ने नागरिकलाई प्रत्येक महिनाको २ दिन काठमाडौंमै सेवा दिने,
    ५.कृषिमा आयात कम गर्न उत्पादन बढाउन वडाभित्र रहेको उर्वरभूमिको पहिचान गर्ने र संरक्षण गर्ने,
    ६.स्थानीय उत्पादनलाई वडाकार्यालयले संकलन गर्न संकलन केन्द्र स्थापना गर्ने र कृषकको उत्पादन बजारसम्म पु¥याउन वडा कार्यालयले सहजिकरण गर्ने,
    ७. ५ कक्षासम्म सरकारले दिँदै आएको विद्यार्थी दिवा खाजा १० कक्षासम्मको विद्यार्थीलाई दिने, विद्यालय शेक्षिक गुणस्तर विकास गर्न शिक्षकलाई तालिम, विद्यार्थी शैक्षिक सामाग्री दिने,
    ८.लिखु खोलको आसपासमा रहेको खेतियोग्य जमिनलाई संरक्षण गर्ने, सिंचाई सेवालाई व्यवस्थित गर्ने,
    ९.वडाको बजेट जनताको प्रत्येक्ष लाभ हुने विषयमा खर्च गर्ने,
    १०. महिला सशक्तीकरणको लागि यसअघि गरिएको सिपमूलक तालिमलाई थप व्यवस्थित गर्ने, तह वृद्धिको लागि थप तालिमको व्यवस्था गर्ने,
    ११.स्थानीय बन, जंगलमा उत्पादन हुने अमलाको अचार बनाउने, सालको पातको टपरी बनाउने, लगायत विषयमा तालिमको व्यवस्था गरेर स्थानीय रुपमा आर्थिक उपार्जनको उपायहरु खोजिने,
    १२.वढ्दो सहरिकरण, युवाहरुको विदेश जाने गरेको कारण गाउँमा वृद्ध–वृद्धाहरु अलपत्र र वेसाहार अवस्थामा रहेको छ । वडाका कार्यालय उनीहरुको सारथी बन्नको लागि डाँडा बसेरीमा एउटा सेभ हाउस निर्माण गर्ने,
    १३.वडामा रहेको भौतिक निर्माणको काममा प्रदेश र संघीय सरकारसँग पहल गरी वडाभित्रको सबै सडकलाई व्यवस्थित र हिउँदाे वर्षा सबै समय चल्न सक्ने बनाउने,

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij