Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

गठबन्धन नभएपनि मिलेर चुनाव लड्न सत्ता गठबन्धनको निर्देशन (निर्देशनसहित)

गठबन्धन नभएपनि मिलेर चुनाव लड्न सत्ता गठबन्धनको निर्देशन (निर्देशनसहित)

  • काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ।

    onlinepatrika
    Arghakhachi

    आज बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो। बैठकको निर्णयमा लेखिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने।’

    AGNI GROUP

    बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ।

    279645157_10221332419593592_8773975710457099230_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij