Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

घरदैलो अभियानमा हिमगंगा पुगेका श्रेष्ठले भने, ‘हामी चुनाव जित्छौं ढुक्क हुनुस्’

घरदैलो अभियानमा हिमगंगा पुगेका श्रेष्ठले भने, ‘हामी चुनाव जित्छौं ढुक्क हुनुस्’

  • रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा रामेछाप नगरपालिकाको मेयरको उम्मेदवार नरेशबाबु श्रेष्ठले आफूहरुले चुनाव जित्ने निश्चित भएको बताएका छन् । घर दैलो कार्यक्रम गर्दै आज वडा नम्बर–४ हिमगंगा पुगेको श्रेष्ठले आफूले चुनाव जित्ने दाबी गरेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    उनले आफूले वडा नम्बर ९ देखि ४ सम्मको घरदैलो कार्यक्रममा आउँदा आफ्नो पक्षमा माहोल बढेको उनले दाबी गरेका छन् । तुलनात्मक रुपमा अन्य उम्मेदवारभन्दा उनी स्वच्छ, पारदर्शी र प्रष्ट वक्ताको छवी बनाएका श्रेष्ठले आफू मेयरको कुर्सीमा पुग्ने निश्चित भएको दाबी गरेका छन् । 

    AGNI GROUP

    उनी अहिलेसम्म कुनै पनि अनुचित लाभ आशा गर्ने नेतामा पर्दैनन् । आर्थिक रुपमा सम्मपन्न परिवारका उनी आफ्नो इच्छा भनेको समाज सेवा गर्ने मात्र रहेको बताउँछन् । रामेछाप नगरपालिका मगर पछिको दास्रो ठुलो जनसंख्या नेवारको हो । नेवार समुदायका श्रेष्ठलाई त्यस कारण पनि चुनाव जित्न सहज भएको जानकारहरु बताउँछन् ।

    एमाले पहिचान विरोधी भएको र कांग्रेसले पनि उसकै वडाको न्यौपानेलाई निर्वाचनमा उठाएको कारण पनि श्रेष्ठलाई निर्वाचनमा जित हासिल गर्न सहज छ । माओवादी पहिचानवादी भएको र त्यसमा श्रेष्ठ आफैपनि असल, इमान्दार, प्रष्ट, सरल र पारदर्शी व्यक्ति भएको कारण जानताले उनलाई रुचाउने गर्र्दछ ।

    कांग्रेसका तर्फबाट उम्मेदवार बनेको लवश्री न्यौपाने आर्थिक अनियमिति गरेको आरोप लागेका छन्, भने एमालेको उम्मेदवार रोशन पाख्रीन तत्कालीन नेकपाको सरकार हुँदा प्रदेश मन्त्री कैलाश ढुंगेलसँग मिलेर विकास बजेटमा आर्थिक चलखेल गरेको आरोप लागेका मान्छे हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij