Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बागी उम्मेदवारी दिनेलाई एमालेले गर्यो कारवाही

बागी उम्मेदवारी दिनेलाई एमालेले गर्यो कारवाही

  • काठमाडौँ । बागी उम्मेदवारी दिनेलाई नेकपा एमालेले कारवाही गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको जनाएको छ ।

    AGNI GROUP

    एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले सोमबार जारी गरेको विज्ञप्तिमा पार्टीको निर्णयविरुद्ध जाने जो कोहि पनि पार्टीको सदस्य बन्न नसक्ने भन्दै उनीहरुका कुनै पनि भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवारहरुको पक्षमा लाग्न आग्रह गरेको जनाइएको छ ।

    यस्तै, देवदह नगरपालिका वडा नम्बर १ का हरिबहादुर तामाङ, देवदह ५ का तोलराज बिक, देवदह ७ का पदम थापा, ओमसतिया २ का इन्द्रजीत यादव, ओमसतिया ४ का बेचुराम जयसवाल र रामशंकर चाई छन् । त्यस्तै रोहिणी १ का अनिता हरिजन, रोहिणी २ का कान्छा कोहार, रोहिणी ४ का नन्दकिशोर कुर्मी, रोहिणी ५ का पशुपतिनाथ यादव र बुटवल १६ की बबिता आचार्य छन् ।

    त्यसैगरी सियारी ४ का श्रीप्रसाद श्रेष्ठ, गैंडहवा ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा ६ का हरि पाण्डे र तिलोत्तमा ५ का हरि पौडेललाई पार्टीबाट निस्कासन गरिएको एमालेले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij