Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जाँदैछन्। चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन्। देउवाको सचिवालयले जनाएअनुसार उनी १० बजेपछि विराटनगर जाने छन्।
कांग्रेसका मोरङका अनुसार मध्यान्ह १२ बजे विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा आयोजना गरिएको बताए। सभालाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइरालालगायतले पनि सम्बोधन गर्ने कांग्रेस मोरङले जनाएको छ ।
विराटनगर प्रदेश १ को एक मात्र महानगरपालिका हो । त्यहाँ ५ दलीय गठबन्धनबाट नागेश कोइराला प्रमुख पदका उम्मेदवार छन्। उनी कांग्रेसका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको कार्यक्रमअन्तर्गत कोइरालाको प्रचार हुनेगरी चुनावी सभा हुन लागेको हो ।
कांग्रेसले २७ वैशाखसम्ममा १० ठाउँमा कार्यक्रम गर्ने जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij