Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी रत्ननगरमा ६ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले रत्ननगर ११ को घरदैलोका कार्यक्रमका क्रममा उनीहरू एमाले प्रवेश गरेका हुन्। एमाले प्रवेश गर्नेमा माओवादीबाट चार जना र कांग्रेसबाट दुई जना रहेका छन्।
एमाले रत्ननगरका निर्वाचन प्रचारप्रसार समितिका सहसंयोजक प्रताप डल्लाकोटीले पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेमा माओवादी रत्ननगरका चिरञ्जीवी पोखरेल, मञ्जु अम्गाई, सञ्जु पुडासैनी, रमेश पोखरेल तथा कांग्रेसबाट रेवती थापा सारु मगर र सरिता थापा मगर रहेको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij