Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

रामेछाप नगरमा माओवादी–नेकपा समाजवादीको घरदैलो सम्पन्न, जनताको समर्थन पाएपछि उम्मेदवार उत्साहित

रामेछाप नगरमा माओवादी–नेकपा समाजवादीको घरदैलो सम्पन्न, जनताको समर्थन पाएपछि उम्मेदवार उत्साहित

  • रामेछाप । रामेछाप नगरपालिकाको गठबन्धनका उम्मेदवारहरुको घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का संयुक्त उम्मेदवारहरुले जनतासँग भोट माग्दै घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । 

    onlinepatrika
    Arghakhachi

    रामेछाप नगरपालिकाको ९ वटै वडामा मेयर र उपमेयरको टिमले घरदैलो कार्याक्रम सम्पन्न गरेको स्थानीय तह निर्वाचन रामेछाप नगरको चुनावी परिचालन समितिको संयोजक, माओवादी केन्द्रको बागमती प्रदेश समिति सदस्य तथा माओवादी केन्द्र रामेछाप नगर समितिको इन्चार्ज शिशिर खड्गीले बताए । वैशाख १४ गतेबाट सुरु गरेको गठबन्धनका उम्मेदवारहरुले वैशाख २१ गते ६ नम्बर वडा ओख्रेनीमा आएर घरदैलो अभियान सम्पन्न गरेको छ । 

    AGNI GROUP

    रामेछाप नगरपालिकामा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार नरेशबाबु श्रेष्ठ हुन् । त्यस्तै उपमेयरमा नेकपा (एकीकृत समाजवादी)का ढालविक्रम कार्की रहेको छ । रामेछाप नगरमा माओवादीले मेयर सहित ७ वटा अध्यक्ष र नेकपा(समाजवादी)ले उपमेयर सहित २ वटा वडा उम्मेदवार उठाएको छ ।

    घरदैलो अभियान पार्टीले सोचेको भन्दा धेरै राम्रो भएको संयोजक खड्गीले बताए ।  उनले आफूले सोचेकोभन्दा धेरै जनताले रामेछापको गठबन्धनलाई समर्थन गरेको बताए । खड्गीका अनुसार गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्ने निश्चित भएको छ । जनताको सामर्थन पाएपछि जनताको घरदैलोमा पुगेका म्मेदवारहरु उत्साहित भएका छन् । जनताको साथ र समर्थनको वचन पाएपछि म्मेदवारहरु अहिले धेरै उत्साहित र खुसी भएर लागेको खड्गीले बताए । 

    खड्गीका अनुसार घरदैलो सम्पन्न गरेको गठबन्धन टिमले अब आमसभा गर्ने जनाएको छ । आम सभा वैशाख २२ गतेदेखि सुरु हुने उनले बताएका छन् ।  खड्गीका अनुसार २२ गते वडा नम्बर २ देउराली, २२ गते वडा नम्बर १ गोठगाउँ, २३ गते वडा नम्बर ६ च्यास्कु, २५ गते वडा नम्बर ९ ल्याङल्याङ, २६ गते वडा नम्बर ४ तिलबारी र २७ गते वडा नम्बर ८ को रामेछाप बजारमा आमसभा गर्ने कार्यक्रम तय भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij