Jun 18 2026 | २०८३, असार ४ गते
चितवन । सत्ता गठबन्धनले विहीबार गर्ने चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त आमसभाको मञ्च रहेको स्थान राति परेको पानीको कारण डुवानमा परेको छ । चितवनको हाकिम चोकमा अघिल्लो दिन साँझ नै मञ्च तयार पारिएको थियो।
तर रातभर परेको पानीले मञ्च जलमग्न भएको छ। आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरु पनि डुबानमा परेका छन्।
महानगरको सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुधबार नै चितवन पुगिसकेका छन्।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij