Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

अटलबहादुरको जीत र मृत्युको घोषणा सँगसगै

अटलबहादुरको जीत र मृत्युको घोषणा सँगसगै

  • काठमाडौं । धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा आफू पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ। गाउँमा रहेको मतगणना स्थलमा उनको जितको घोषणा हुँदैथियो, उता अस्पातालमा भने चिकित्सक उनको मृत्यु भएको घोषणा गर्दै थिए।

    onlinepatrika
    Arghakhachi

    मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो। यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए। तर, जितको खबर भने सुन्नै नपाई उनको निधन भयो।

    AGNI GROUP

    उनले लगभग हजार मतको नतिजा सुनिसकेका थिए। ४ सय हाराहारी मतको नतिजा आउन बाँकी थियो।

    शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो। तर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियु खाली नरहेको बताएपछि विराटनगर लगिएको छोरा मदनले बाताए। विराटनगरको नोबेल अस्पतालमा पुर्‍याएपछि राति एक बजे उनलाई चिकित्सकले मृत घोषणा गरे।

    गणनास्थलमा बसिरहेका बेला पसिना आउने, काम्ने  बान्ता आउने भयो । त्यत्तिकैमा उनी  बेहोस भए। त्यसपछि होस आएन। मगरका २ छोरा र पत्नी छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij