Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बाग्लुङको ताराखोलामा माओवादी–कांग्रेस गठबन्धन विजयी

बाग्लुङको ताराखोलामा माओवादी–कांग्रेस गठबन्धन विजयी

  • बाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक निर्वाचित भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका छन्। 

    onlinepatrika
    Arghakhachi

    ताराखोला गाउँपालिकाको मतपरिणाम आइतबार सार्वजनिक भएको हो। निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ताराखोला गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार विक २ हजार २ सय ८५ मत ल्याई विजयी भएका छन्।

    AGNI GROUP

    उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई १ सय ९५ मतान्तरले पराजित गरेका हुन्। पराजित प्रकाश घर्ती मगरले २ हजार ९० मत ल्याएका छन्। घर्ती २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए।

    ताराखोला गाउँपालिका उपाध्यक्षमा कांग्रेसका रोका ३ हजार ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन्। उनले एमालेका थममाया घर्तीलाई पराजित गरेका हुन्। घर्तीले १ हजार ५ सय ६१ मत ल्याएकी थिइन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij