Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन पुगेका छन्।
१०७ देशका ११२ जना मन्त्रीहरुको सहभागीता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन पुगेको हो। वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिनसम्म चल्ले सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले सहभागीता जनाउनेछ।
एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायसंघ समेत भेटघाट गर्ने योजना रहेको बताइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij