Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोकेर सरकार कल्याणकारी बन्‍न आवश्यक छ : कांग्रेस नेता महर

पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोकेर सरकार कल्याणकारी बन्‍न आवश्यक छ : कांग्रेस नेता महर

  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्नेगरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिना यता अस्वाभाविक मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेको बताए।

    onlinepatrika
    Arghakhachi

    सरकारले आइतबार रातिदेखि लागू हुनेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गरिनुपर्ने उनको माग छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि वृद्धि हुने भएकाले राज्य कल्याणकारी बन्नुपर्ने उनी बताउँछन् ।

    AGNI GROUP

    अहिले बजारको मूल्यवृद्धि रोक्न नसके कालान्तरमा व्यापारीले चलखेल गर्न सक्ने अवस्था आउने र उपभोक्ता थप मारमा पर्ने जोखिम रहेकाले सरकार चनाखो बन्नुपर्ने उनी बताउँछन् ।

    बढाएको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० बढाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij