Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

शिक्षामन्त्रीले गरे जनक शिक्षाको अनुगमन

शिक्षामन्त्रीले गरे जनक शिक्षाको अनुगमन

  • काठमाडौँ । समयमा पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेका छन्। आइतबार भक्तपुरको सानोथिमिस्थित जनक शिक्षाको आकस्मिक अनुगमन गर्दै पुस्तक छपाईको बारेमा जानकारी लिएका थिए। 

    onlinepatrika
    Arghakhachi

    जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुराउने भनेपनि सोचेजस्तो काम नभएको पाइएपछि शिक्षामन्त्री पौडेल अनुगमनमा निस्किएका हुन्।

    AGNI GROUP

    उनले १० दिनसम्ममा पुस्तक छापिने जनक शिक्षाले जानकारी गराएको बताए । अहिले २० लाख पुस्तक पुग्न बाँकी रहेकाले छिटै ढुवानी हुने उनले बताए । मन्त्री पौडेलले कागजहरु आएर पुस्तक छाप्ने काम तीव्र रुपमा भइरहेको सूचना पाएको जानकारी दिए।

    उनले सबै विद्यार्थीको हातहातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने बताएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij