
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । आफ्ना व्यक्तिगत ग्राहकका लागि एनएमबि बैंकले आकर्षक मुद्दति योजना ‘एनएमबि डबल मुद्दति’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दति’ सार्वजनिक गरेकोे छ ।
‘एनएमबि डबल मुद्दति योजना’अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु. ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ ।
त्यसैगरी ‘एनएमबि जन्मभूममि डबल मुद्दति योजना’ मा नेपालीले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।
सोही योजनाअन्तर्गत एनएमबि बैंकका ग्राहकले आफ्नो मुद्दति रकमको ९०% सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्नुका साथै मुद्दति रसिद धितोमा पनि ८०% सम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij