
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। पछिल्लो समय लगातारजसो घटिरहेको सुनको मूल्य बिहीबार भने तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ३०० रुपैयाँले बढेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ पुगेको छ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८० पुगेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij