
Aug 14 2025 | २०८२, साउन २९ गते
काठमाडौं । बिहीबार दिउँसो रसुवामा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । गत्लाङबाट काठमाडौंका लागि हिँडेको बा ४ ख ८४३५ नम्बरको बस रसुवाकै उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना भएको हो ।
बस दुर्घटनामा १० जना घाइते भएको स्थानीय कृष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार बसमा करिब १५ जना रहेको र घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको छ ।
अहिले सबै घाइतेहरुको उद्धार गरी नुवाकोटको त्रिशुली अस्पताल लगिएको छ । अटोलाई साइड दिँदा बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij