
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । एनएमबी बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट दुई करोड ५० लाख अमेरिकी डलर लगानी भित्र्याएको छ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र आईएफसीको दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आई बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
हालको असहज परिवेशमा उक्त कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । एनएमबी चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij