
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गरी थप व्यवस्था गर्दै १० लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ बनाएको छ ।
विदेशी परामर्श सेवा कम्पनी र यस्तो काम गर्ने नेपाली कम्पनीले विदेशबाट प्राप्त गर्ने कमिसन, शुल्क र पारिश्रमिकको रकम रेमिट्यान्सका रुपमा दैनिक एक पटक वा पटक पटक गरी १५ लाख रुपैयाँसम्म ल्याउन पाइने व्यवस्था गरेको हो ।
विप्रेषण कम्पनीहरुले रकम संकलन र भुक्तानी गर्दा ग्राहकको परिचय खुल्ने कागजात लिएको हुनुपर्नेछ । यस्तो कारोबारको विवरण महिना सकिएको सात दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागमा पेश गर्नुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij