Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

टेक्सासमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

टेक्सासमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

  • काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १०० नाघेको छ । यस्तै, ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता छन् ।

    images
    images
    images

    क्रिश्चियन अल–गर्ल्स समर क्याम्प, क्याम्प मिस्टिकले मृतकहरूमा कम्तीमा २७ जना महिलाहरू र कर्मचारीहरू रहेको पुष्टि गरेको छ । क्याम्पबाट हाल पनि १० जना महिला र एक काउन्सेलर हराएका छन् ।

    images

    अस्टिन अमेरिकन–स्टेट्सम्यानको रिपोर्टअनुसार क्याम्प मिस्टिकका सह–मालिक र निर्देशक रिचर्ड इस्टल्याण्डले बच्चाहरूलाई बचाउने प्रयासमा आफ्नो ज्यान गुमाए ।

    केर काउन्टीमा ग्वाडालुप नदीमा आएको बाढीले कम्तीमा ८४ जनाको मृत्यु भएको छ । यसमा २८ बच्चा र ५६ वयस्कहरू समावेश छन् ।काउन्टी शेरिफ कार्यालयले २२ वयस्क र १० बच्चाहरूको अहिलेसम्म पहिचान नभएको बताएको छ ।

    मौसम विभागले आउँदो केही घण्टामा यस क्षेत्रमा आँधीबेह्री आउन सक्ने र यसले राहत कार्यमा असर पार्न सक्ने चेतवानी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij