
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । नेपालमा आएर गैरकानुनी रुपमा डेढ अर्ब भन्दा बढी क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीककेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ अर्ब ५० करोड भन्दा बढी गैरकानुनी क्रिप्टो कारोबार गर्ने दुई भारतीय नागरिकलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुलमा केही व्यक्तिहरुले अवैध हुन्डी कारोबार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको विहारस्थित मोतिहारीका ४३ वर्षीय रुपेश कुमार गुप्ता र विहारकै पूर्वी चम्पारण बिजबानीका २२ वर्षीय बिपिन कुमार रहेका छन् ।
सीआईबीका अनुसार उनीहरुले सानेपामा राजतिर्थ ट्रेडर्स नामको किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरिरहेको पाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij