
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव १४ अंकले घटेर २६८३ दशमलव ८६ को विन्दुमा पुगेको छ ।
मंगलबार ३०४ कम्पनीका ५६ हजार २७६ पटकको कारोबारमा एक करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
१३३ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घटेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij