
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । रसुवागढी हाइड्रोपावरको ड्याम साइटमा बाढीका कारण फसेका ५० जनाको सफल उद्धार गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त उद्धार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म उनीहरूलाई सुरक्षित रुपमा बाहिर ल्याएको जनाएको छ ।
उद्धार गरिएका मध्ये ४ जना महिला र ४६ जना पुरुष रहेका छन् ।
प्रहरीका अनुसार उद्धारका क्रममा उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर सुरक्षित स्थानमा पुर्याइएको हो । उद्धार गरिएकामध्ये एक जना चिनियाँ नागरिक समेत रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij