Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । नेकपा समाजवादी गुल्मीले रामकुमारी झाक्रीको नाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लागि सर्वसम्वत रुपमा सिफारिस गरेको छ। उक्त क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट यसअघि नै सिफारिस भएका छन्।
केन्द्रमा सत्ता गठबन्धनले अन्तिम भागबन्डा टुङ्गाइरहँदा झाक्रीले निर्वाचन तयारी गरिरहेकी छन्। पूर्व शहरी विकासमन्त्री झाक्रीले केही समयदेखि गुल्मीमै रहेर निर्वाचनको तयारी गरिरहेकी छन् ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनमा उम्मेदवार विष्टले जितेका थिए। उक्त क्षेत्रमा पुरानो साख कायमै राख्न विष्ट पनि सक्रिय रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij