Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

संसद विघटनविरुद्ध नेकपाको समिति गठन

संसद विघटनविरुद्ध नेकपाको समिति गठन

  • काठमाडौं । संसद विघटनविरुद्ध गठित नेकपाको संघर्ष समितिले वडा तहसम्म नै संघर्ष समिति गठन गर्ने भएको छ । त्यस्तै प्रदेश, जिल्ला, गाउँ–नगर पालिका र वडातहसम्म एक हप्ताभित्रमा संघर्ष समिति गठन गर्ने, विभिन्न जनवर्गीय संगठनहरूले आ–आफ्नो तहबाट रचनात्मक ढंगले संघर्षका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईको संयोजकत्वमा डा.विजयकुमार पौडेल, विष्णु रिजाल र महेश्वर दाहाल रहेको केन्द्रीय संघर्ष प्रचार–प्रसार समिति गठन समेत गरेको छ । 

    onlinepatrika
    Arghakhachi

     सबै तहका पार्टी कमिटी र जनवर्गीय संगठनहरुले आ–आफ्नो कार्यक्षेत्रमा प्रतिगमन विरोधी संघर्ष सञ्चालन बारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने छन् । विभिन्न क्षेत्रमा स्थापित महानुभावहरु, नागरिक समाजका अगुवाहरु, अधिवक्ताहरु, साहित्यकार, कलाकार, बुद्धिजीवी, शिक्षक–प्राध्यापक, मानवअधिकारकर्मी, उद्योगी–ब्यवसायी, यातायात ब्यवसायी, सञ्चारकर्मी, सञ्चारउद्यमी, चिकित्सक तथा स्वास्थ्यकर्मी, मजदूर तथा किसानका संगठनहरु, विभिन्न क्षेत्रका पेशाकर्मीहरु, विभिन्न सामाजिक संघ–संस्थाकाअगुवा महानुभावहरु, महिला संगठनहरु, विद्यार्थी तथा युवा संगठनहरु सबैलाई प्रतिगमन विरोधी संघर्षमा दृढताका साथ सामेल हुन अनुरोध गरिएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij