
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले बोनस सेयर घोषणा गरेको छ । कम्पनीले गत वर्ष २०७८–७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ४% बोनस सेयर र कर प्रयोजनका लागि ०.२१% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नियामक नेपाल राष्ट्र बैंक र गुराँसको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ । कम्पनीले अघिल्लो वर्ष १६.९१% बोनस सेयर र ०.८९% नगद लाभांश वितरण गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij